उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको खुलासा

उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको खुलासा भएको छ ।

उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको भने कुनै प्रतिक्रिया आएको छैन । यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जनाएको छ ।

समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले मंगलबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो समुद्रमा खसेको जनाएको थियो । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ । हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचार सार्वजनिक भएका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।

जापानले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो । सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ ।