उत्तर कोरियाका राष्ट्रपतिसँग किम जोङले मागे माफी

उत्तर कोरियाका राष्ट्रपतिसँग किम जोङले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको मृत्युलाई लिएर माफी मागेका छन् । किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग नहुनुपर्ने घटना भएको बताएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

घटनापछि उत्तर कोरियाले भनेको छ, ‘४७ वर्षीय एक व्यक्ति कथित रुपमा उत्तर कोरियालाई दोष लगाउन खोजिरहेका थिए, जब ती व्यक्ति उत्तर कोरियाको नदीमा पौडिरहेको अवस्थामा सैनिकहरुले भेटेका थिए ।’

दक्षिण कोरियाका अनुसार ती व्यक्तिमाथि गोली प्रहार गरियो र लासलाई जलाइयो । उत्तर र दक्षिण कोरियाबीचको सीमामा निकै कडा किसिमको सुरक्षा हुने गर्दछ । कोरोना भाइरसको महामारीका कारण बाहिरी देशबाट आउनेलाई देख्नेबित्तिकै गोली प्रहार गर्ने आदेश दिइएको बताइएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार किम जोङ उनले राष्ट्रपति मुनलाई एक पत्र लेखेर माफी मागेका हुन् ।

किमले पत्रमा राष्ट्रपति मुन र दक्षिण कोरियाली नागरिकलाई निराश बनाउनु परेकोमा आफूलाई ‘निकै दुःख’ लागेको लेखेका छन् ।

उत्तर कोरियाली दक्षिण कोरियालाई यस घटना सम्बन्धमा गरिएका कैयौँ जाँचको निष्कर्ष पनि सुम्पिएको बीबीसीमा उल्लेख छ ।

‘ती व्यक्ति दक्षिण कोरियाबाट उत्तर कोरिया आएका थिए र आफ्नो पहिचान बताउन नमानी भाग्ने प्रयास गरेपछि उनीमाथि १० भन्दा धेरै पटक गोली चलाइएको हो’, पत्रमा भनिएको छ ।

उत्तर कोरिायले उक्त व्यक्तिको शवलाई नजलाएको बताएको छ । पक्राउ परेका व्यक्तिले बोकेका केही सामानलाई जलाएको उत्तर कोरियाको दाबी छ ।