उत्तरले दक्षिण कोरियाली सैनिकमाथि गोली चलायो

उत्तरले दक्षिण कोरियाली सैनिकमाथि गोली चलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान भएको छ ।

दक्षिण कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ । जवाफमा दक्षिणले पनि दुई राउन्ड गोली हानेको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि सार्वजनिक भएको अर्को दिन उत्तरले दक्षिण कोरियातर्फ गोली हानेको हो ।

दुई देशबीच गत पाँच वर्षयता पहिलोपटक सीमा क्षेत्रमा गोली हानाहान भएको हो । सन् १९५३ को युद्धपछि दुई देशको सीमामा असैन्यकृत क्षेत्र कायम गरिएको थियो । गोली हान्नुको कारण नखुलेको दक्षिण कोरियाले जनाएको छ ।