पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर, अक्सिजनको मात्रा बढाइयो

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर, अक्सिजनको मात्रा बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य गम्भीर बनेको छ ।

कोरोना भाइरसको संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा उपचार भइरहेको छ ।

उनलाई दैनिक १० लिटरसम्म अक्सिन दिनुपरेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनीसँगै संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।