नर्भिकको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन आदेश


काठमाण्डु –  नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नभत्काउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सोमबार काठमाण्डु महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश दिएको छ ।

काठमाण्डु महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन अस्पताललाई २४ घण्टे अल्टिमेटम दिइएको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement