गुण्डा नाइके छोटा राजन जिवितैः एम्स अस्पताल

गुण्डा नाइके छोटा राजन जिवितैः एम्स अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय अपराधिक समूहका नाइके छोटा राजन जिवितै रहेको एम्स अस्पतालले जनाएको छ । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।

उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार जारी रहेको अस्पतालले जनाएको छ । केही भारतीय संचारमाध्यमलाई उद्धत गर्दै राजनको मृत्यु भएको खवर सामाजिक संजालमा आएपछि अस्पताल प्रसासनले डन जिवितै रहेको जानकारी दिएको हो ।

राजनको समृह भारतमा मात्र नभई नेपालमा पनि सक्रिय थियो । नेपालमा भएका केही हाइप्रोफाइल हत्यामा संलग्न रहेको जाँचबुझ आयोगका प्रतिबेदनहरुको ठहर छ ।