के छ झलनाथले लेखेको १३ बुँदे ‘नोट अफ डिसेन्ट’ मा ? (पूर्णपाठ)

के छ झलनाथले लेखेको १३ बुँदे ‘नोट अफ डिसेन्ट’ मा ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष माधव नेपाललाई गम्भीर १३ बुँदे प्रस्ताव पेस गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँद्धामार्फत एमसीसी अनुमोदन गरे हुनेसक्ने सम्भावित दुर्घटनाबारे सविस्तार ब्याख्या गर्दै अनेक प्रश्न गरेका छन् । उनले उक्त प्रस्तावमार्फत एमसीसी अनुमोदन गर्न नहुने र अनुमोदन गरिए आफ्नो ‘नोट अफ डिसेन्ट’ रहने भनेका छन् ।

यसअघि, एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । नेता खनालले सुरु देखि नै एमसीसीका विषयमा विरोध जनाउँदै आइरहेका छन् ।

यस्तो छ नेता खनालले लेखेको ‘नोट अफ डिसेन्ट’