गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभसँग साझेदारी घोषणा गरेको छ ।

गल्फ लुब्रिकेन्टले यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको जानकारी दिएको छ ।

कम्पनीले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा लिएको जनाएको छ । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।

गल्फ नेपालको सबैभन्दा बढी लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो । कम्पनीले मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउनेमा आफुहरु विश्वस्त रहेको बताएको छ ।