काठमाण्डु – सरकारले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसारले सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीमा ३ एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्रालयले नेपाल प्रहरीमा ३ जना एआईजीको दरबन्दी थपका लागी यसअघि नै स्विकृती दिइसकेको छ । नेपाल प्रहरीका डीआईजीबाट एआइजीमा बढुवा गर्न बुधबार गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्ने र बिहिवारको मन्त्रिपरिषद बैठकले बढुवा गर्ने तयारी रहेको स्रोत बताउंछ ।
प्रहरीमा एआईजी बढुवाका लागि डीआईजीहरु धीरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त पन्त, ईश्वरबाबु कार्की, बसन्त लामा र रविन्द्र धानुक प्रतिस्पर्धामा थिए । तर, थपिएका तिन एआइजीमा धीरजप्रताप सिंह, उत्तम सुवेदी र रविन्द्र धानुकको बढुवा गर्ने सहमति भएको स्रोतको दावी छ ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले डिआईजी धानुकलाई बढुवा गर्न दबाव दिएको बताइन्छ । पछिल्लो समय सुरक्षा निकायमा आवश्यकताभन्दा पनि निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थप्ने चलन छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यसपटक पनि निकट अधिकारीलाई बढुवा गर्न एआइजीको दरबन्दी थप्ने काम गरेको छ । त्यसमा पनि कार्यसम्पादन र वरियतालाई आधार मानेर बढुवा गर्नुपर्नेमा भागवण्डाका आधारमा बढुवा गर्ने तयारी भएको हो ।




प्रतिक्रिया