भागबण्डका आधारमा राजदूत नियुक्त गर्दा प्रश्न उठ्यो : पूर्व परराष्ट्रमन्त्री साउँद

भागबण्डका आधारमा राजदूत नियुक्त गर्दा प्रश्न उठ्यो : पूर्व परराष्ट्रमन्त्री साउँद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउँदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै साउँदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरूले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठेको बताए ।

सरकारले कुनै जानकारी नदिई राजदूत फिर्ता बोलाउनुले कूटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उनले बताए । उनले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग गरेका छन् ।

सरकारले भारत लगायत विभिन्न ११ मुलुकका राजदूत फिर्ता बोलाएको छ । सरकारले ८ देशमा राजदूत सिफारिस गरेको छ भने अन्य देशमा सिफारिस गरिएको छैन । दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका सुशील प्याकुरेलले जानकारी नदिई सिफारिस गरेको भन्दै फिर्ता लिइदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेका छन् ।

उनले बीआरआई अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनालाई ऋणका आधारमा अघि बढाउन नहुने बताए ।