काठमाण्डु – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । महासचिव गुटरेस आइतबार राति नेपाल आएका थिए ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्नेछन् ।




प्रतिक्रिया