प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्रै गरिने मन्त्री साउदको दाबी


काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पूर्ण कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका छन् ।

विगतमा सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको बतादैँ प्रधानमन्त्री प्रचण्डको भ्रमणमा भने कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका हुन् ।

मन्त्री साउदले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताए । ‘नेपाल र भारतबीच घनिष्ठ मैत्रीपूर्ण सम्बन्ध छ । भ्रमणमा हामीले दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउने कोसिस गर्नेछौँ । भ्रमणमा ट्रेड, ट्रान्जिट,कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दालाई अगाडि बढाउनेछौँ ।’, उनले भने ।

प्रचण्डको भ्रमण टोलीमा परराष्ट्रमन्त्री साउदसहित अर्थ, भौतिक पूर्वाधार, ऊर्जा र उद्योग मन्त्री लगायत रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement