एनपीएलमा लुम्बिनी लायन्सको सानदार जीत

एनपीएलमा लुम्बिनी लायन्सको सानदार जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जीत हासिल गरेको छ ।

शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर जीत हासिल गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो ।

पोखराको लागि यो चौथो खेल हो । उसले २ मा हार र १ मा जीत निकालेको छ । लुम्बिनीको भने पाँचौं खेल हो, उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार व्यहोरेको छ । त्यसैले दुवै टोलीलाई जीत आवश्यक छ ।

लुम्बिनीलाई भने प्लेअफ सम्भावनालाई जीवितै राख्न पनि जितको विकल्प छैन । हारले लुम्बिनीको प्लेअफ सम्भावना अंकगणितमा मात्र बाँकी रहनेछ । गर या मरको स्थितिमा रहेको छ । गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ । यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जीत उत्तिकै जरुरी रहेको छ । अंकतालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन् ।