एनपीएल : काठमाण्डुविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

एनपीएल : काठमाण्डुविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डुविरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमाण्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।

काठमाण्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

चारवटा खेल खेलिसकेको कर्णाली याक्सले एउटा मात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौं स्थानमा छ ।