एनपीएलमा आज विराटनगर र लुम्बिनीको खेल

एनपीएलमा आज विराटनगर र लुम्बिनीको खेल

४ अंक बटुलेको लुम्बिनीलाई जित्नै पर्ने दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को २२ औं खेलमा बुधबार विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानमा रहेको विराटनगर पाँच खेल खेल्दा ८ अंकसहित तेस्रो स्थानमा छ भने रोहित पौडेल कप्तान रहेको लुम्बिनी समान खेलमा चार अंकसहित छैटौं स्थानमा छ ।

यो खेलमा विजयी भए विराटनगर एक खेल अगाडि नै प्लेअफमा पुग्नेछ भने प्लेअफको दौडमा सहभागी बन्न लुम्बिनीले खेल जित्नै पर्ने दबाब छ ।

२१ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ। पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ। रनरेटका आधारमा काठमाण्डु दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रो स्थानमा छ।

पोखरा चार अंकसहित चौथो स्थानमा छ भने समान खेल खेलेका चितवन र लुम्बिनीको समान चार अंक छ।कर्णाली र जनकपुरको समान दुईदुई अंक छ। ६ खेल खेलिसकेको कर्णाली सातौं स्थानमा छ भने तालिकाको पुछारमा रहेको जनकपुरले दुई खेल खेल्न बाँकी छ ।