काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।
काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो ।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए ।
बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।




प्रतिक्रिया