काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल हुँदैछ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुरले बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुबै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने ५ खेल मात्र खेलेको जनकपुरले २ अंक मात्र जोडेको छ ।
यो खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।
यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।




प्रतिक्रिया