काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टीम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने ५ खेल मात्र खेलेको जनकपुरले २ अंक मात्र जोडेको छ ।
शुक्रबारको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टीम बन्नेछ, जनकपुर विजयी भएमा अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया