काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२१ रनको लक्ष्य दिएको हो ।
चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ मध्ये २ खेलमा जीत र ४ खेलमा हारसहित चितवन तालिकाको छैठौं र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।
पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।




प्रतिक्रिया