एनपीएलमा आज समूह चरणको अन्तिम खेल, कर्णाली र जनकपुर भिड्दै

एनपीएलमा आज समूह चरणको अन्तिम खेल, कर्णाली र जनकपुर भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार समूह चरणको अन्तिम खेल हुँदैछ।

साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको खेल त्रिवि अन्तर्राष्ट्रिय रंगशालममा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

यी दुई टिमबीच हुने खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ ।

कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन्। तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट २ अंक जोडेको छ ।

कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।

यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।

प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।