एनपीएलमा यस्तो बन्यो प्लेअफको समीकरण

एनपीएलमा यस्तो बन्यो प्लेअफको समीकरण

सुदूरपश्चिम र विराटनगर पहिलो क्वालिफायर खेल्ने, एलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – समूह चरणको एक खेल बाँकी रहँदा पनि प्लेअफको समीकरण स्पष्ट भएको छ ।

पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुनेछ । ७ खेलमा ६ खेल जित्दै सुदूरपश्चिम रोयल १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएको हो।

शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै विराटनगर किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। पहिलो क्वालिफायरको खेल मंगलबार  दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यस्तै एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन्। यो खेल बुधबार ४ बजे हुनेछ । सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सको खेलअघि दोस्रो स्थानमा रहेको काठमान्डु गोर्खाजलाई रनरेटमा पछि पार्दै विराटनगर किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

यसैगरी बिहीबार दोस्रो क्वालिफायरको खेल हुनेछ। यो खेल पनि दिउँसा ४ बजे हुनेछ । यसमा पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सको खेलमा हार व्यहोरेको टिमले एलिमिनेटरबाट जितेर आएको टिमसँग खेल्नेछ। दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले पहिलो क्वालिफायरको विजेता टोलीसँग फाइनलमा भेट गर्नेछ।

प्लेअफको समीकरण स्पष्ट भइरहँदा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा भेट गर्नेछन्। खेलबाट जित्ने टोली अगाडि बढ्नेछ भने हार्ने टोलीले चौथो स्थानमा रहँदै चित्त बुझाउनुपर्नेछ। बुधबार हुने एलिमिनेटरको खेलमा दुई भारतीय प्रशिक्षकको रणनीतिक परीक्षा हुनेछ। मोन्टी देसाईको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले टिनु योहानन्नको रणनीतिविरुद्ध खेल्ने छ।

करण केसीको नेतृत्वमा रहेको काठमान्डु गोर्खाजले नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ। अनुभवी कप्तानको विरुद्धमा युवा कप्तान उत्रनेछन्।