जनकपुरमाथि कर्णालीको रोमाञ्चक जीत, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

जनकपुरमाथि कर्णालीको रोमाञ्चक जीत, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आईतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो ।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।

२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे ।

ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जीत हासिल गर्न सकेन ।

कर्णालीका लागि विलियम बोसिस्टोले २ विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो ।

अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले २–२ विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले १–१ विकेट लिए ।

यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ ।