एनपिएलको पहिलो क्वालिफायर आज, सुदूरपश्चिम र विराटनगर खेल्दै

एनपिएलको पहिलो क्वालिफायर आज, सुदूरपश्चिम र विराटनगर खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार पहिलो क्वालिफायरका खेल हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै छन्। सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले ७ मध्ये ५ खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।

पहिलो क्वालिफायरको विजेता सोझै फाइनलमा प्रवेश गर्नेछ । फाइनल मंसिर २७ गते हुनेछ ।

खेलमा पराजित हुने टिमले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर पाउने छ । यो टिमले काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीच हुने एलिमिनेटर खेलको विजेतासँग दोस्रा क्वालिफायर खेल्नेछ ।

दोस्रा क्वालिफायरको विजेता पहिलो क्वालिफायरको विजेतासँग फाइनल खेल्ने छ ।