काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु ८६ रनको लक्ष्य पेश गरेको छ ।
पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १९.१ ओभरको खेलमा सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले ११औं ओभरमा ह्याट्रिक विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ संकटमा परेको थियो । फाइनल खेलमा सुरुदेखि नै सुदूरपश्चिमको प्रदर्शन कमजोर थियो ।




प्रतिक्रिया