काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा लुम्बिनी लायन्स उपाधि जितेको छ ।
मंसिर १ गतेदेखि काठमाण्डुको त्रिवि क्रिकेट रङ्गशालामा भएको प्रतियोगितामा शनिबार फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा आठ टोली सहभागी थिए ।
सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता बन्यो । अघिल्लो संस्करणमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको थियो ।
एनपीएलमा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन र सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भए ।
कसले के पुरस्कार जिते ?
लुम्बिनीले उपाधि जितेको खेलमा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनी लायन्सका रोहित पौडेलले ओमोडा कार प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट ब्याटर पनि बनेका उनले पल्सर बाइक पनि प्राप्त गरेका छन् । रोहितले समग्रमा २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए । यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । बोहराले २ लाख रुपैयाँ पनि पाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमन भए । उनले १५ विकेट लिए । पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बने । उनले पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरेका छन् । फाइनल खेलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन भएका छन् ।




प्रतिक्रिया