काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)-२ अन्तर्गत २० औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
आज चितवनले दिपक बोहोरा र रिजन ढकाललाई बेन्चमा राखेर अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा समाबेस गरेको छ भने जनकपुरले ललित राजवंशी र किशोर महतोलाई बेन्चमा राखेर अनिल शाह र सचिन भट्टलाई प्लेइङ ११ मा राखेको छ।
साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।




प्रतिक्रिया