काठमाण्डु-नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।
क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो । देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ ।
एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ ।
काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली हुन् ।
यस्तै लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा पनि टोली रहेका छन् ।
एनपीएल मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुनेछ । क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी–२० लिग आयोजना गरेको थियो ।
स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो ।




प्रतिक्रिया