एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सैफ जैवको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ ।

एनपीएलमा सुदुरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले लगातार तेस्रो हार व्यहोरेको छ । शनिबारको पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ तथा विनोद भन्डारीले १७ रन जोडे ।

लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए ।

एनपीएलमा सबै टोलीले तेस्रो खेल खेलिसक्दा जनकपुर र सुदुरपश्चिममात्र अपराजित छन् । बाँकी पाँच टोलीले एक जित हात पार्दा लुम्बिनी भने तेस्रो खेलसम्म आइपुग्दा जितविहिन हुने एक्लो टोली बनेको छ ।

यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो । लुम्बिनीले भने लगातार तेस्रो पटक हारेको छ । यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।