एनपीएल : जनकपुरले चितवनलाई दियो १३७ रनको लक्ष्य

एनपीएल : जनकपुरले चितवनलाई दियो १३७ रनको लक्ष्य


काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई जितका लागि १३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३६ रन बनाएको छ । ११ ओभरमा एक विकेटमा ८७ रनको अवस्थामा रहेको जनकपुर २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रनमा सीमित बन्यो । जनकपुरका लागि कप्तान अनिल साहले सर्वाधिक ४५ तथा लाहिरु मिलान्थाले २७, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुबिनीका लागि अभिशेष गौतमले तीन विदेशी खेलाडीको विकेट लिँदै खेलमा फर्काएका थिए । कप्तान रोहितले पनि २ विकेट लिए भने साद बिन जफरले पनि २ विकेट लिए । तीनै खेल जितेर जनकपुर दोस्रो स्थानमा छ भने लुम्बिनीले यसअघि खेलेका तीनै खेल हारेको छ ।