एनपीएलमा आज पनि दुई खेल हुँदै, कुन टीम कोसँग भिड्दै छ ?

एनपीएलमा आज पनि दुई खेल हुँदै, कुन टीम कोसँग भिड्दै छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। एनपीएलको आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे सुरु हुनेछ। यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ। चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन्। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ। उसले कुनै अंक जोड्न सकेको छैन। लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ।