काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी छनोटका लागि शनिबार अक्सन हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शनिबार ३ बजेदेखि अक्सन शुरू हुनेछ । यो अक्सनका लागि १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ ।
यसअघि ४५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।
एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।
खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी एमा ८ जना, बीमा ३५ तथा सीमा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।




प्रतिक्रिया