काठमाण्डु– नेपाल प्रीमियर लिग सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५३ रन, जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए ।
बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो ।
सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान जोस ब्राउनको अर्धशतक ल्याए । उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
यस्तै क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रनमा आउट भए ।
बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुईरदुई विकेट लिए




प्रतिक्रिया