काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत आज शनिबार दुई खेल हुने भएका छन् ।
बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् भने दोश्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् ।
लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।
यस्तै करण केसीको कप्तानीमा रहेको काठमाण्डु तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । , दोस्रो खेल दिउँसो ३ः३० बजे टीयु मैदान कीर्तिपुरमा हुँनेछ ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।




प्रतिक्रिया