काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कुनै पनि खेल राखिएको छैन। सोमबार भने दुई खेल हुँदैछन्।
सोमबार बिहान ११ : ४५ बजे पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
दुई–दुई खेल खेल्दा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर चार–चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।
प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुई–दुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकवहीन छन्। जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई खेल गुमाइसकेको छ।




प्रतिक्रिया