एनपीएलमा आज दुई खेल, जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो । उद्घाटन खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो । विपक्षी टोली विराटनगर भने आज उत्कृष्ट लयमा छ । उसले यसअघि पोखरा र काठमाण्डु दुवैलाई पराजित गरिसकेको छ ।

यस्तै दोस्रो खेलमा कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्ने लक्ष्यमा छ । यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीलाई पराजित गरेको छ ।

प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई प्रतिस्पर्धामा दुवै गुमाइसकेको छ।