एनपीएलमा आज २ खेल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

एनपीएलमा आज २ खेल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार बिहीबार दुई खेल हुँदैछन्।

बिहान ११ : ४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो खेलमा दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सले पहिलो अंकका लागि संघर्ष गर्नेछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।

३ खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान ३ खेल खेलेको लुम्बिनीले एउटामा जित निकाल्दै २ अंक मात्र जोडेको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम अपराजित यात्रालाई कायम राख्न चाहन्छ । यता लगातार दुई हारको सामना गरेको रोहितकुमार पौडेल कप्तानीको टिम लुम्बिनी कमब्याक गर्न चाहन्छ ।

यसैगरी तेस्रो खेल खेल्न लागेका जनकपुर र पोखरा भने अंकबवहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुई–दुई खेल खेल्दा सुखद नतिजा निकाल्न सकेको छैन । दुबै टिम जित निकालेर खाता खोल्न चाहन्छन् ।