एनपिएलमा आज दुई खेल हुँदै : चितवन र काठमाण्डु तथा कर्णाली र विराटनगर खेल्दै

एनपिएलमा आज दुई खेल हुँदै : चितवन र काठमाण्डु तथा कर्णाली र विराटनगर खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार दुई खेल हुँदैछ ।

पहिलो खेल चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । सबै खेलहरु काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ ।

यसअघि जनकपुर काठमाण्डु सँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

चार खेल खेलिसकेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्। चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ।

विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ। कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।