काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार चितवन राइनोज र काठमाण्डु गोर्खाजबीचको खेल भइरहेको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन ३ खेलबाट ४ अंक बटुलेर अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेल जितेर चितवन प्लेअफको आफ्नो बाटो फराकिलो बनाउन चाहन्छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाण्डु ४ मध्ये २ खेलमा जीत निकालेको छ । यो खेल नजिते काठमाण्डुलाई प्लेअफ पुग्न कठिन हुने देखिन्छ ।
काठमान्डुले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।
चितवनले भने अघिल्लो खेलको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका हुन्।
यस्तै शुक्रबार नै दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् । यो खेल ४ बजे हुनेछ ।




प्रतिक्रिया