काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गत १५ औं खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो ।
चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन, शोहिल तन्विरले १८ रन जोडे ।
काठमाण्डुका लागि रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २-२ तथा सन्तोष यादवले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भयो । काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए ।
मिलिन्दले ३८ ,वेन चाल्र्सवर्थ १३ रन जोडे ।
बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुई दुई तथा रवि बोपाराले एक विकेट लिए ।
काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।




प्रतिक्रिया