एनपीएल आज दुई खेल हुँदै, पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

एनपीएल आज दुई खेल हुँदै, पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

यस्तो छ अहिलेसम्मको अंकतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछन्। बिहान पानै १२ बजे पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

३ खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने ४ खेल खेलिसकेको लुम्बिनीलेसमेत पनि एक मात्र जित निकालेको छ।

पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा हुनेछ।

दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच दिउँसो ४ बजे हुनेछ । ४ खेलमा अपराजित सुदूरपश्मि ८ अंकसहित शीर्ष स्थानमा छ। ३ खेल खेलेको जनकपुर अंकबवहीन हुँदै तालिकाको पुछारमा छ।

सुदूरपश्मिका कप्तान दीपेन्द्रसिंह ऐरी हुन् भने जनकपुरका कप्तान अनिल साह हुन्।

यस्तो छ अंकतालिका

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ। ५ खेलमा एक खेल गुमाएको विराटनगरकोसमेत ८ अंक छ। रनरेटको आधारमा विराटनगर तालिकाको दोस्रो स्थनमा छ। ५ खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ।

चितवनको ४ अंक छ भने समान २ अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौं, छैटौं र सातौ स्थानमा छन् भने अंकवहीन जनकपुर तालिकाको पुछारमा छ।