एनपीएल : लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

एनपीएल : लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

दुवै टोलीले गरे खेलाडी परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ ।

लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको हो।

लुम्बिनीले शनिबारको खेलमा एक खेलाडी परिवर्तन गरेको छ भने पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ। लुम्बिनीका थोमस ड्राकाको स्थानमा निरोसन डिकोवेल्ला सुरुवाती ११ मा आएका छन्।

पोखराको आकाश चन्द र डेनियल डाउथवेट बेन्चमा छन्। उनीहरुको स्थानमा अविशेष तिवारी र म्याट टेलर सुरुवाती ११ मा आएका छन्।

३ खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने ४ खेल खेलिसकेको लुम्बिनीलेसमेत पनि एक मात्र जित निकालेको छ।

पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा हुनेछ।

दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच दिउँसो ४ बजे हुनेछ ।

लुम्बिनी लायन्स :

रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, निरोसन डिकोवेल्ला

पोखरा एभेन्जर्सको टोली :

कुशल मल्ल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, अविशेक तिवारी, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, आडम रोसिङटन, जिम्मी निसम, म्याट टेलर