एनपीएलमा सट्टेबाजी गराउने थप ३ जना पक्राउ

एनपीएलमा सट्टेबाजी गराउने थप ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

यसअघि भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार पक्राउ परेका थिए ।