काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।
त्यस्तै दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जिवित राख्न शनिबारको खेल महत्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल पनि हो।
चितवनले अघिल्ला खेलहरूमा फराकिलो जित पनि निकालेको छ। उसले काठमाडौंलाई ५ विकेटले, पोखरालाई ८७ रनले र लिगमा बलियो मानिएको सुदूरपश्चिमलाई पनि ३३ रनले पराजित गरिसकेको छ। त्यसकारण जनकपुरविरूद्धको खेलमा पनि उसको सम्भावना बलियो रहन्छ।




प्रतिक्रिया