तोकियो एनपीएलको टिकट मूल्य: सर्वसाधारण ३ सय, भीआईपी ७ सय

तोकियो एनपीएलको टिकट मूल्य: सर्वसाधारण ३ सय, भीआईपी ७ सय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका टिकट दर सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि हुने एनपीएलको टिकट दर आज (सोमबार) सार्वजनिक गरेको हो।

मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ७ सय टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीतर्फ ५ सय मूल्य तय गरिएको छ ।

एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ ५ सय र भिआइपीतर्फ ७ सयको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५ सय र भिआइपीतर्फ १ हजार टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।

सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार चार सय ८० र भिआइपीतर्फ ८ हजार दुई सय ४० मूल्य निर्धारण गरिएको छ ।

यही मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा ८ फ्रेन्चाईज टिमहरूबीच एनपीएल क्रिकेट प्रतियोगिता हुँदैछ।