गैर–आवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी, कुल आचार्य पराजित

गैर–आवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी, कुल आचार्य पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गैर–आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएसँगै कुमार पन्त विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य पराजित भएका छन् । पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यले नौ सय ५९ मत ल्याएका हुन् ।

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन् । पन्तले अध्ययनका सिलसिलामा बेल्जिमय हुँदै जर्मनीको होटलमा काम गरेका थिए । अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन् ।

त्यस्तै महासचिवमा डा. हेमराज शर्माले १ हजार २ सय ३९ मत प्राप्त गरी विजय भएका छन् ।

त्यस्तै उपाध्यक्षतर्फ बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । चुनावमा महासचिवतर्फ डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी र आरके शर्मा तथा कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वा्चित भएका छन् ।