काठमाण्डु- एनआरएनए ओहायो च्याप्टरद्वारा सपथ तथा बिदाई कार्यक्रमसँगै तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माको अध्यक्षतामा गत शनिबार नवनिर्वाचित च्याप्टर कमिटी २०२३-२०२५ लाई सपथ ग्रहण र पुरानो कमिटी २०२१-२०२३ लाई बिदाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा.दामोदर पौडेलले पानसमा बत्ति बालेर गरेका थिए । नयाँ कमिटीका उपाध्यक्ष भिषण अधिकारिले स्वागत मन्तब्य दिएका थिए भने सचिव लोकेन्द्र देबकोटाले संचालन गरेका थिए ।
पहिलोपटक एनआरएनए ओहायो च्याप्टरले स्थानिय सामाजिक संस्थाका प्रमुखहरूको उपस्थितिमा ओहायोमा बस्ने सम्पूर्ण नेपालीहरूको एकताको लागि बिकुल फुक्दै ऐतिहासिक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा विशेष अतिथि एएनटीएकि अध्यक्ष डा। मिर्दुला गुप्ता, सीओएनएका अध्यक्ष आनन्द तिवारी र ओहायो च्याप्टरका पूर्ब सचिब डा. अच्युत अधिकारिले सबै नेपाली संघ संस्थाहरूको सहकार्यको विकल्प नभएको बताएका थिए ।
भुट्निज समाजबाट रिपब्लिकन पार्टिका अध्यक्ष तथा नेता काशिनाथ अधिकारिले नेपाल सरकारले भुट्निज समाजलाई हेर्ने दृष्टिकोण प्रवासमा बस्ने नेपाली सरह हुनुपर्छ भन्दै भुट्निजहरूले पनि एनआरएनएको मान्यता पाउनुपर्छ भन्ने कुरा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा.पौडेलले नेपालको हकहितको लागि अमेरिकाको कंग्रेसमा गठन भएको ‘कोकस’सँग जोड्दै अरू च्याप्टर भन्दा ओहायो च्याप्टरको दायित्व बढेको कुरा बताए । उनले नेता काँशिनाथको भनाईलाई उदृत गर्दै भुट्निज समाजलाई पनि एनआरएनएमा जोड्नको लागि नेपाल सरकारसँग बृहत छलफल हुन जरूरी रहेको बताए।
कार्यक्रममा निबर्तमान कमिटिको तर्फबाट सचिब रिद्धि खड्काले नबनिर्बाचित कमिटिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रमका सभापति एनआरएनए ओहायो च्याप्टरका अध्यक्ष विश्वकर्माले निरन्तर नेपाली समाजको लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।




प्रतिक्रिया