काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । होटल ह्यातमा तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् भने संघको नयाँ नेतृत्व पनि चयन हुनेछ ।
विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।
विश्व सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए । उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे ।
उनले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए । एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६–७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।




प्रतिक्रिया