एनआरएन कोरियाको सचिवमा शालिकराम न्यौपानेको उम्मेदवारी दर्ता

एनआरएन कोरियाको सचिवमा शालिकराम न्यौपानेको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआरएन कोरियाको सचिवमा शालिकराम न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कोरियाको आगामी ३ वर्षे कार्यकालका लागि सचिवमा न्यौपानेले उम्मेदवारी दिएका हुन् । आगामी सेप्टेम्बर २१ र २२ मा हुने एनआरएन कोरियाको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

न्यौपानेले सन २०११ द्येखि कोरियाको विभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्क्ष रुपमा जिम्मेवार बहन गर्दै आइरहेका छन् । उनले गुन्सान नेपाली समाज संस्थापक सचिवलगायत विभिन्न संस्थाहरुमा आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आईरहेका छन् । उनले बैदेशिक रोजगारीका लागि कोरिया पुगेका नेपालीहरुका हक हितका लागि विशेष पहल गर्ने बताएका छन् ।