एनआरएनएका मध्यपूर्व संयोजक शर्मा कतारमा पक्राउ


काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् । संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे ।

शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए । प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement