एनआरएनए थाइल्याण्डको रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए थाइल्याण्डको रक्तदान कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डको आयोजनामा संचालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनएले थाइल्याण्डको राजधानी बैंककस्थित राष्ट्रिय रक्तदान केन्द्रमा ३ डिसेम्वर विहान ९ बजेदेखी साँझ ५ बजेसम्म सञ्चालन गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा उल्लेखनीय सहभगिता रहेको एनआरएनए थाइल्याण्डका सचिब राज बहादुर साउँदले बताए ।

साउँदका अनुसार रगत दान गर्ने व्यक्तिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै खाना, फलफुल सँगै जुसहरुको व्यवस्था गरिएको थियो ।  उक्त कार्यक्रममा नेपाली राजदुतावास थाइल्याण्ड, नेपाल एयरलाइन्स थाइल्याण्ड, थाई नेपाली संघको सहभागिता रहेको थियो।